
२३ असार, पोखरा । उपभोक्ता समिति अध्यक्षमाथि कुटपिट गरेको आरोपमा पक्राउ परेका माछापुच्छ्रे गाउँपालिका अध्यक्ष राम गुरुङ रिहा भएका छन् ।
उनी ४ हजार रुपैयाँ धरौटी बुझाएर रिहा भएको जिल्ला प्रहरी कार्यालय कास्की प्रवक्ता डीएसपी श्रवणकुमार बिकले जानकारी दिए ।
माछापुच्छ्रे गाउँपालिका–८ का वडाध्यक्ष गुरुङले काम समयमै नसकेको भन्दै खोराको मुख–उपल्लो इदिखोला माछापुच्छ्रे सडक निर्माण उपभोक्ता समितिका अध्यक्ष अमृत भण्डारीमाथि हातपात गरेका थिए । उक्त घटनाको विरोधमा एमालेले वडा कार्यालयमा तालाबन्दी गरेको थियो । त्यसपछि वडाध्यक्ष गुरुङ आफैं प्रहरीमा हाजिर भएका थिए ।
माछापुच्छ्रे गाउँपालिका वडा नं. ७ र ८ वडा जोड्ने गरी बनेको उक्त बाटो स्तरोन्नति गर्न पूर्वाधार विकास कार्यक्रमअन्तर्गत २१ लाख ५४ हजार रुपैयाँ बजेट परेको थियो ।
माछापुच्छ्रे गाउँपालिका वडा नं. ७ र ८ जोड्ने उक्त सडक स्तरोन्नति गर्न वडा नं. ७ का अमृत भण्डारी गत चैत १४ गते अध्यक्ष चुनिएका थिए ।
प्रतिक्रिया 4