+
+

मन्त्री मोदी स्वदेश फिर्ता

अनलाइनखबर अनलाइनखबर
२०८० असार २४ गते ८:५३

२४ असार, काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदी दक्षिण कोरियाबाट स्वदेश फर्किएका छन् ।

दक्षिण कोरियाको बुसान सहरमा आयोजित विश्वका मन्त्रीस्तरीय ग्रामीण विकास सम्बन्धी सम्मेलनमा सहभागी भई मन्त्री मोदी गएराति स्वदेश फर्किएका हुन् ।

मन्त्री मोदी असार १८ गते दक्षिण कोरिया प्रस्थान गरेका थिए । दक्षिण कोरियामा रहँदा मन्त्री मोदीले ग्रामीण विकास सम्बन्धी सम्मेलनलाई सम्बोधन गर्नुका साथै दक्षिण कोरिया सरकारका प्रतिनिधिहरुसँग भेटवार्ता गरेका थिए । उनले नेपाली जनप्रगतीशील मञ्च दक्षिण कोरियाले आयोजना गरेको अन्तक्रिर्यालाई समेत सम्बोधन गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?