+

पुरुष भलिबलमा गण्डकीमाथि एपीएफको जित

२०८० असार  २४ गते १७:४३ २०८० असार २४ गते १७:४३
पुरुष भलिबलमा गण्डकीमाथि एपीएफको जित

२४ असार, काठमाडौं । सातौं प्रधानमन्त्री कप एनभीए महिला तथा पुरुष भलिबल प्रतियोगिताको दोस्रो दिन पुरुषतर्फ एपीएफ विजयी भएको छ ।

एपीएफ क्लबले गण्डकी प्रदेशलाई ३–१ को सेटले पराजित गरेको हो । एपीएफले गण्डकीलाई २१–२५, २५–२१, २५–२३ र २५–१७ ले पराजित भएको हो ।

पहिलो सेटमा एपीएफलाई जितेको गण्डकी बाँकी ३ सेटमा विभागीय क्लब अगाडी कमजोर देखियो ।

तीन भारतीय खेलाडी सम्मिलित गण्डकी लगातार दोस्रो हार बेहोरेको हो । गण्डकीले आफ्नो तेस्रो खेल सोमबार त्रिभुवन आर्मी क्लबसँग खेल्नेछ ।

एनभीए क्लब भलिबल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय