
२४ असार, काठमाडौं । काठमाडौं महानगरपालिकाले ढुसी परेको मिठाइ बेच्ने एक मिठाइ पसललाई १ लाख ५० हजार रुपैयाँ जरिवाना तिराएको छ ।
काठमाडौं महानगरपालिका–२ स्थित लाजिम्पाटमा रहेको आकाश फुड्सले ढुसी परेको मिठाइ र किरा परेको खाद्य पदार्थ बेचेको पाइए पछि जरिवाना तिराइएको महानगरले जनाएको छ ।
बजार अनुमगनका क्रममा सो मिठाइ पसलले अखाद्य मिठाइ बेचेको पाइएकोले जरिवाना तिराएको महानगरको बजार अनुगमन समितिका निरीक्षण अधिकृत बलराम त्रिपाठीले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4