+

अपराजित रहँदै श्रीलंकाले जित्यो विश्वकप छनोटको उपाधि

२०८० असार  २४ गते १९:१८ २०८० असार २४ गते १९:१८
अपराजित रहँदै श्रीलंकाले जित्यो विश्वकप छनोटको उपाधि

२४ असार, काठमाडौं । श्रीलंकाले अपराजित रहँदै विश्वकप छनोट क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ ।

यसअघि नै विश्वकपमा स्थान बनाइसकेका शीर्ष २ टिमबीच भएको फाइनलमा श्रीलंकाले नेदरल्याण्ड्सलाई १२८ रनले हराउँदै उपाधि जितेको हो ।

जिम्बाव्वेको हरारेमा पहिला ब्याटिङ गरेको श्रीलंकाले ४७.५ ओभरमा अल आउट हुनुअघि २३३ रन बनाएको थियो ।

श्रीलंकाका सहान अरचिगेले ५७ तथा कुशल मेन्डिसले ४३ रन बनाए ।

जितका ला ि२३४ रनको लक्ष्य पछ्याएको नेदरल्याण्ड्स श्रीलंकाली बलरसामु निरीह सावित हुँदै २३.३ ओभरमा १०५ रनमा अल आउट भयो ।

नेदरल्याण्ड्सका लागि ओपनर म्याक्स ओडोडले ३३ तथा लोगन भान बीकले नट आउट २० रन र विक्रमजित सिंहले १३ रन बनाउनु बाहेक अरु ब्याटरले दोहोर अंकमा रन बनाउन सकेनन् ।

श्रीलंकाका महेश थिकसनाले ४ तथा दिल्सान मधुशंकाले ३ र वानिन्दु हसरंगाले २ विकेट लिए ।

विश्वकप छनोट क्रिकेट
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय