
२४ असार, काठमाडौं । कोशी प्रदेशमा सरकार गठनबारे सर्वोच्च अदालतमा परेको रिट न्यायाधीश सुष्मालता माथेमाको इजलासमा परेको छ ।
एमाले संसदीय दलका नेता हिक्मत कार्कीले सभामखु समेतको हस्ताक्षरमा सरकार बनाउने काम गैरकानूनी भएको दावी गर्दै सर्वोच्च अदालतमा दिएको रिट निवेदन न्यायाधीश माथेमाको इजलासमा परेको हो ।
एमाले संसदीय दलका नेता कार्कीले प्रदेश प्रमुख पर्शुराम खापुङ, प्रदेश प्रमुखको कार्यालय लगायतलाई विपक्षी बनाइ मुद्दा दायर गरेका थिए । उनले आफूलाई नै प्रदेशसभाको सबैभन्दा ठूलो दलको हैसियतले मुख्यमन्त्रीमा नियुक्त गर्नुपर्ने माग राखेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4