+
+

११ महिनामा भित्रियो ११ खर्ब १२ अर्ब रेमिट्यान्स

अनलाइनखबर अनलाइनखबर
२०८० असार २५ गते १२:२८

२५ असार, काठमाडौं । विदेशमा रहेका नेपालीले चालु आर्थिक वर्ष (आव) २०७९/८० को ११ महिनाको अवधिमा ११ खर्ब १२ अर्ब रुपैयाँ रेमिट्यास नेपाल पठाएका छन् ।

नेपाल राष्ट्र बैंकका अनुसार जेठ मसान्तसम्म आएको यो रेमिट्यान्स गत आर्थिक वर्षको यसै अवधिको तुलनामा २२.७ प्रतिशत बढी हो । अमेरिकी डलरमा समेत रेमिट्यान्स वृद्धि १३ प्रतिशत रहेको छ । अहिले डलरमा ८ अर्ब ५१ करोड रेमिट्यान्स नेपाल भित्रिएको छ ।

जेठसम्म वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिनेको संख्या ४ लाख ५९ हजार ४१५ जना पुगेको छ । यो अघिल्लो आवको तुलनामा ४६.६ प्रतिशत बढी हो ।

वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या ०.५ प्रतिशतले बढेर २ लाख ६० हजार २६२ जना पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?