+
+

मूल्यवृद्धिको चापमा काठमाडौं उपत्यका, हिमालमा कम

अनलाइनखबर अनलाइनखबर
२०८० असार २५ गते १३:०३

२५ असार, काठमाडौं । चालु आर्थिक वर्ष (आव) २०७९/८० को ११ महिनाको अवधिमा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ६.८३ प्रतिशत रहेको छ । यसको प्रभाव भूगोलगत रुपमा हेर्दा काठमाडौं उपत्यका सबैभन्दा बढी मूल्यवृद्धिको चापमा देखिन्छ ।

नेपाल राष्ट्र बैंकका अनुसार काठमाडौं उपत्यकामा मुद्रास्फीति ७.१९ प्रतिशत देखिन्छ । जेठ मसान्तसम्म तराईमा ६.९३ प्रतिशत, पहाडमा ६.२८ प्रतिशत र हिमालमा ६.३९ प्रतिशतको मुद्रास्फीति रहेको छ ।

गत वर्षको यही अवधिमा भने काठमाडौंमा ८.३२, तराईमा ८.२९, पहाडमा ९.२८ र हिमालमा ९.९२ प्रतिशत मुद्रास्फीति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?