+

प्रधानमन्त्री कप एनभीए भलिबलमा महिलातर्फ पुलिसको तेस्रो जित

२०८० असार  २५ गते १३:२८ २०८० असार २५ गते १३:२८
प्रधानमन्त्री कप एनभीए भलिबलमा महिलातर्फ पुलिसको तेस्रो जित

२५ असार, काठमाडौं । सातौं प्रधानमन्त्री कप एनभीए महिला तथा पुरुष भलिबल प्रतियोगिता अन्तर्गत महिलातर्फको खेलमा नेपालले पुलिसले लगातार तेस्रो जित हात पारेको छ ।

त्यस क्रममा पुलिसले आज सोमबार आर्मीलाई ३–० को सोझो सेटमा पराजित गरेको हो ।

पहिलो सेटदेखि नै आर्मीमाथि हाबी भएको पुलिसले २५-१८,२५-१२ र २५-१८ ले खेल आफ्नो पक्षमा पारेको छ ।

यससँगै पुलिस तीन खेलमा अपराजित रहँदै ९ अंकसहित तालिकाको शीर्ष स्थान रहेको छ ।

 

एनभीए क्लब भलिबल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय