
काठमाडौं । नेपालपे क्यूआरमा नेपालका अग्रणी डिजिटल वालेट आईएमई पे, खल्ती र प्रभु पे आवद्ध भएसँगै ग्राहकले यी वालेटहरु प्रयोग गरी नेपालपे क्यूआरको मर्चेन्टमा क्यूआर स्क्यान गरी भुक्तानी गर्न गर्न सक्ने भएका छन् ।
काठमाडौंमा औपचारिक कार्यक्रमको आयोजना गरी यी सेवाहरूबारे सार्वजनिक गरिएको हो । कार्यक्रममा नेपाल क्लियरिङ हाउस लिमिटेडका प्रमुख कार्यकारी अधिकृत नीलेशमान सिंह प्रधान, आईएमईपेका प्रमुख कार्यकारी अधिकृत प्रविण रेग्मी, स्प्यारो पे ( खल्ती ) का प्रमुख कार्यकारी अधिकृत विनय खड्का र प्रभुपेका अपरेसन्स तथा फाइनान्स हेड रवि सिग्देल लगायत बैंक तथा वित्तीय संस्थाहरुका प्रतिनिधिको सहभागिता रहेको थियो ।
नेशनल पेमेन्ट स्वीच अन्तर्गत नेपाल–क्यूआर स्ट्याण्डर्ड अनुसारको क्यूआर अन्तरआबद्धता कायम गर्ने गरी नेपालपे क्यूआर सञ्चालनमा ल्याइएको हो । क्यूआर स्किमको रुपमा पनि उपलब्ध रहेको उक्त नेपालपे क्यूआरमा इस्यूइङ एप, मर्चेन्ट वा नेटवर्क लेभलमा अन्तरआबद्धता कायम गर्न सक्ने व्यवस्था रहेको छ ।
नेपालपे क्यूआरमा हाल २७ भन्दा बढी बैंक तथा वित्तीय संस्थाहरु र ३ भुक्तानी सेवा प्रदायकहरूले क्यूआर मर्चेन्ट इनरोलमेन्ट सेवा उपलब्ध गराइरहेका छन् भने २५ भन्दा बढी बैंक तथा वित्तीय संस्थाका मोबाइल बैंकिङ र ९ वटा भुक्तानी सेवा प्रदायकहरूको वालेटहरूबाट नेपालपे क्यूआर स्क्यान गरी भुक्तानी गर्न सकिन्छ ।
आईएमई पे, खल्ती र प्रभु पे का क्रमशः ४० लाख, ३७ लाख र ९ लाख प्रयोगकर्ताहरु रहेका छन् ।
प्रतिक्रिया 4