
काठमाडौं । २७ असारदेखि १ साउनसम्म थाइल्याण्डको पटैयामा सञ्चालन हुन लागेको २५ औं एसियन एथलेटिक्स च्याम्पियनसीपमा सहभागी खेलाडीहरुलाई शिवम् सिमेन्टले प्रायोजन गरेको छ ।
च्याम्पियनसीपमा नेपालबाट विभिन्न विधाहरुमा सहभागी जनाउने खेलाडीहरु आयुष कुँवर, शिवराज पारकी, फुलमती राना, राजपुरा पच्ची, मुकेशबहादुर पल, सोमबहादुर कुमाल र दिपक अधिकारी गरी ७ जना खेलाडीलाई शिवम् सिमेन्टले प्रायोजन गरेको हो ।
एसियन एथलेटिक्स एसोसियसनले हरेक २ वर्षमा आयोजना गर्ने एसियन एथलेटिक्स च्याम्पियनसीप अघिल्लो पटक चीनमा हुने भनिएको खेल कोभिड–१९ का कारण रद्द भएको थियो । उक्त खेलमा एसियाका विभिन्न ३७ देशहरुबाट खेलाडीहरुले सहभागी जनाउने छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4