+
+

राजेन्द्र लिङ्देनले भने : यो संसदमा ३ दल मात्र छैनन्

अनलाइनखबर अनलाइनखबर
२०८० असार २५ गते १६:४३

२५ असार, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले संसदमा अब ३ दल मात्र नरहेको बताएका छन् ।

राष्ट्रिय महत्वका मुद्दाहरुमा ३ दल नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रका अध्यक्षहरुले मात्र बसेर निर्णय गर्ने गरेकोमा उनले आपत्ति जनाए ।

३ दल र ३ दलका नेताले गरेका निर्णय आफूहरुलाई मान्य नहुने उनले बताए ।

‘घरीघरी ३ दल, ३ नेता बसेर सबै राजनीतिक विषयमा निर्णय गरे हाम्रा लागि मान्य हुन्न’, उनले भने, ‘कोही कसैको निर्णयको भारी बोकेर हिँड्न तयार छैन ।’

‘पहिलो र दोस्रो दल मिल्यो भने मात्र सरकार बन्न सक्छ,’ संसदको गणिततिर संकेत गर्दै उनले भने, ‘पहिलो र दोस्रो दल मिलेन भने अरु दुईटा दल मिलेर सरकार बन्दैन, धेरै मिल्नुपर्छ ।

आफूहरुले राष्ट्रियताको विषय उठाएर संसद अवरुद्ध गर्दा मिटर ब्याज पीडितलाई न्याय दिने अध्यादेश पारित हुन दिएनन् भन्ने गलत आरोप लगाएको लिङ्देनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?