+
+

कोशी सरकारविरुद्धको रिटमा आज पनि भएन सुनुवाइ

अनलाइनखबर अनलाइनखबर
२०८० असार २५ गते १८:१७

२५ असार, काठमाडौं । कोशी सरकारविरुद्ध नेकपा एमालेले दिएको रिट सोमबार पनि सुनुवाइ भएन ।

तटस्थ भूमिकामा रहेका सभामुख बाबुराम गौतमको समेत समर्थन लिएर कांग्रेसका उद्धव थापा मुख्यमन्त्री नियुक्त भएपछि गत शुक्रबार एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीले सर्वोच्च अदालतमा रिट दिएका थिए ।

तर उक्त रिटमाथि आइतबार र सोमबार दुबै दिन सुनुवाइ हुन सकेन । आइतबार न्यायाधीश आनन्दमोहन भट्टराईको इजलासमा ‘हेर्न नभ्याइने’ मा परेको सो रिट सोमबार न्यायाधीश सुष्मालता माथेमाको इजलासमा परेको थियो । तर सोमबार पनि उक्त मुद्दा ‘हेर्न नभ्याइने’ मै परेर सुनुवाइ नभएको हो ।

एमालेले तटस्थ भूमिकामा रहनुपर्ने सभामुखको समेत समर्थन लिएर मुख्यमन्त्री नियुक्त भएकाले उक्त नियुक्ति बदर गर्न परमादेशको आदेश माग गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?