+
+

प्रधानमन्त्रीले संसदमा आएर गल्ती स्वीकार्नु सकारात्मक : नेम्वाङ

अनलाइनखबर अनलाइनखबर
२०८० असार २५ गते १८:५६

२५ असार, काठमाडौं। एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले प्रतिनिधिसभामा प्रधानमन्त्री प्रचण्डले गरेको स्वीकारोक्तिका लागि धन्यवाद दिएका छन् । प्रधानमन्त्रीले संसदमा आएर आफ्नो गल्ती स्वीकार गर्नु सकारात्मक रहेको उनको भनाइ छ ।

एमालेलाई लक्षित गर्दै प्रचण्डले संसद अवरोध किन भनी सोधेकाेमा नेम्वाङले भने, ‘उहाँले हामीलाई सोधेको प्रश्न नयाँ होइन । विगतमा उहाँहरु प्रतिपक्षमा बस्दा यही कुरा सत्तापक्षले सम्झाउनुपर्थ्यो । संविधानसभाकालमा त यसरी अवरोध गर्न नपाइने भनी नियम नै बनेको थियो ।’

संसद अवरोध गर्न नियमावलीले अनुमति नदिने भए पनि प्रधानमन्त्रीको अकूटनीतिक र असंवेदनशील राजनीतिक प्रतिवादस्वरुप आफूहरुले अवरोध गरेको उनको भनाइ छ । ‘अवरोध कानुनीभन्दा पनि राजनीतिक कुरा हो, जसलाई उहाँले आज आफैं आएर सम्बोधन गरिसक्नुभएको छ’, नेम्वाङले भने ।

प्रचण्डले आफ्नो व्यक्तिगत र पारिवारिक विषयलाई संवेदनशील रुपमा उठाएको भए पनि प्रधानमन्त्रीका रुपमा दिएका कतिपय जवाफ चित्तबुझ्दो नभएको उनले बताए ।

‘एउटा बाबुको भावना कस्तो हुन्छ भनेर बुझ्न सकिएला, तर एउटा प्रधानमन्त्रीको भावनालाई भने त्यस्तो जवाफले पूर्ण रुपमा सम्बोधन गर्दैन’, नेम्वाङले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?