+
+

कोशी सरकारमा प्रवक्ताको जिम्मेवारी सुनुवारलाई

अनलाइनखबर अनलाइनखबर
२०८० असार २५ गते १९:२२

२५ असार, विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले सरकारको प्रवक्ताको जिम्मेवारी प्रदिप सुनुवारलाई दिएका छन् । सोमबार बसेको मन्त्रिपरिषद बैठकले विना विभागीय मन्त्री सुनुवारलाई प्रवक्ताको जिम्मेवारी दिएको हो ।

मन्त्रिपरिषद बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै उनले मन्त्रिपरिषद विस्तार छिट्टै हुने बताए । त्यसका लागि सत्ता साझेदार दलहरुबीच छलफल चलिरहेको उनको भनाइ छ ।

सोमबार बसेको मन्त्रिपरिषद बैठकले प्रदेश र स्थानीय तहका कर्मचारीहरुका लागि निजामती किताबखाना स्थापनाको प्रक्रिया अघि बढाउने निर्णय  गरेको छ ।

निजामती ऐन परिमार्जनको प्रक्रिया अघि बढाउने निर्णय पनि भएको उनले बताए । कर्मचारीको सरुवा, बढुवा, तालिमलगायत वृत्तिविकासका लागि ऐन परिमार्जन गर्ने निर्णय भएको मन्त्री सुनुवारले जानकारी दिए ।

बाढी र पहिरोलगायतका दैवी प्रकोपबाट हुनसक्ने सम्भावित क्षति रोक्नका लागि पूर्व तयारी गर्ने निर्णय पनि गरेको उनले बताए । कोशी सरकारले रुससँग मित्रराष्ट्रका रुपमा भाइचाराको सम्बन्ध विस्तार गर्न नेपाल सरकारलाई अनुरोध गर्ने निर्णय पनि गरेको मन्त्री सुनुवारले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?