
तपाईंले बसमा झ्यालतरिको सिटमा बस्नका लागि मानिसहरुबीच तछाडमछाड भएको र कहिलेकाहीँ झगडा भएको पनि देख्नु, बेहोर्नु भएको छ होला ।
मानिसहरु बान्ता गर्न सजिलोका लागि मात्र होइन सरर हावा खान र बाहिर हेर्न पनि पाइन्छ भनेर गाडीमा झ्यालतिरको सिटमा बस्न रुचाउँछन । तर यहाँ त गाडीमा होइन कि जहाजमा पनि झ्यालको सिटमा बस्नका लागि तछाडमछाड मात्र भएन मुक्कामुक्की नै भएको छ ।
डेलीस्टारका अनुसार हालै माल्टाबाट लण्डनका लागि उडेको राइनएयरको एक उडानका क्रममा दुईजना यात्रुबीच झ्यालतिरको सिटमा को बस्ने भन्ने कुरामा विवाद हुँदा थप्पड हानाहान भएको छ ।
झगडाले उग्र रुप लिएपछि जहाजका कर्मचारी नै आएर हस्तक्षेप गर्नु परेको थियो ।
स्टेनस्टेड विमानस्थलबाट हुने उक्त उडानमा सहभागी २ जना यात्रुहरु झ्यालतर्फको सिटमा बस्नका लागि झगडा गर्न थाले । दुवै जनाको माग आफू नै झ्यालतरिको सिटमा बस्न पाउनुपर्ने थियो ।
उनीहरुको झगडा, गालीगलौज र धक्कामुक्काले माहोल बिग्रँदै गएपछि शान्त पार्नका लागि केही यात्रुहरु अगाडि सरे । तर उनीहरु मान्नेवाला थिएनन् ।
त्यसरी झगडा गर्नेमा एकजना बेलायती नागरिक थिए भने अर्का अमेरिकी । खासमा टिकट अनुसार झ्यालतर्फको सिट अमेरिकी यात्रुको थियो । तर बेलायतीले उनलाई त्यो सिटतर्फ जानै दिएका थिएनन् ।
सिटमै लफडा परेर हानाहान भएपछि विमानको उडानमा २ घण्टा ढिलो भएको थियो । यात्रुहरु हैरान भएर झगडा नगर्न आग्रह गरिरहेका थिए ।
प्रतिक्रिया 4