+
+

बुधबार बिहान बस्ने कांग्रेसका शीर्ष नेताको छलफलले बैठकमा एजेण्डा तय गर्ने

अनलाइनखबर अनलाइनखबर
२०८० असार २६ गते १४:४६

२६ असार, काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय समितिको बैठकमा छलफलका लागि पेश गरिने एजेण्डाहरु बुधबार बिहान तय गर्ने भएको छ ।

बुधबार दिउँसो १ बजेदेखि बोलाइएको केन्द्रीय समितिका लागि छलफल हुने एजेण्डा पनि भोलि बुधबार नै तय हुने भएको छ । सोमबार साँझ सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा बसेको शीर्ष नेताहरुको बैठकले एजेण्डाको अन्तिम रुप दिन नसकेको एक नेताले बताए ।

सभापति देउवा, उपसभापतिद्वय पूर्णबहादुर खड्का, धनराज गुरुङ, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले बैठकका एजेण्डा बारे छलफल गरेका थिए ।

देउवाले पुनः बुधबार बिहान बस्ने गरि अनौपचारिक छलफल राखेका छन् । ‘बुधबार बिहान नेताहरुको अनौपचारिक छलफलपछि केन्द्रीय समितिमा प्रस्तुत हुने एजेण्डा थाहा हुन्छ,’ कार्यवाहक मुख्य सचिव डा. प्रदीप पराजुलीले जानकारी दिए ।

२ महिनामा एकपटक बस्ने केन्द्रीय समितिको बैठक एक वर्षपछि बोलाइएको छ । बैठकमा नीति महाधिवेशन, विभाग गठन, भ्रातृ संस्थाको पूर्णता तथा कार्यअवधि, तिन तहका सरकारको कामको समीक्षा, अभियान लगायतमा छलफल हुने नेताहरुले बताउँदै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?