+
+

एनआईसी एशिया बैंकद्वारा दुर्घटना बीमा वापतको ५० लाख रूपैयाँ हस्तान्तरण

अनलाइनखबर अनलाइनखबर
२०८० असार २६ गते १७:४५

काठमाडौं । एनआईसी एशिया बैंकले दुर्घटनामा परी ज्यान गुमाएका ५ जना ग्राहकका आफन्तलाई बीमा बापतको रकम हस्तान्तरण गरेको छ ।

सर्वश्रेष्ठ बचत खाता योजना अन्तर्गत दुर्घटना बीमा बापत प्रति परिवारलाई १० लाख रुपैयाँको दरले ५० लाख रुपैयाँ हस्तान्तरण गरिएको बैंकले जनाएको छ ।

विभिन्न शाखा कार्यालयहरूमा सर्वश्रेष्ठ बचत खाता खोलेका मृतकका परिवारलाई उक्त रकम हस्तान्तरण गरिएको बैंकले बताएको छ ।

बीमा रकम प्राप्त गर्नेमा चितवनको बसेनी शाखामा खाता खोलेका मृतक देवेन्द्रप्रसाद बछाडका भाइ राजनप्रसाद बछाड, रुपन्देहीको ड्राइभर टोल शाखामा खाताखोलेका मृतक सम्राट खनालका बुबा लक्ष्मण खनाल रहेका छन् ।

यसैगरी बर्दियाको भुरीगाउँ शाखामा खाता खोलेका मृतक आशिष थारुका बुबा दुल्लुराम थारु, सुनसरीको झुम्का शाखामा खाता खोलेका मृतक चन्द्रराज दाहालकी श्रीमती लछीमादेवी घिमिरे दाहाल र स्याङजाको कृषि शाखामा खाता खोलेका मृतक कृष्णप्रसाद भण्डारीकी श्रीमती टंकीदेवी भण्डारीलाई बीमा बापतको रकम हस्तान्तरण गरिएको बैंकले जनाएको छ ।

नेपाल इन्स्योरेन्ससँगको सहकार्यमा उक्त लाभ रकम हस्तान्तरण गरिएको बैंकले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?