२६ असार, काठमाडौं । सातौं प्रधानमन्त्री कप एनभीए महिला तथा पुरुष भलिबल प्रतियोगिताअन्तर्गत महिलातर्फको खेलमा डिफेन्डिङ च्याम्पियन आर्मी आफ्नो तेस्रो खेलमा पनि पराजित भएको छ ।
प्रतियोगितामा तेस्रो जित हात पार्ने क्रममा न्यू डाइमन्ड एकेडेमीले अर्मीलाई ३–२ को सेटमा हराएको हो ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालको कभर्ड हलमा भएको खेलमा न्यू डायमण्डले २५–१५, २५–२१, १९–२५, २२–२५ र १५–९ को सेटमा जित निकालेको हो ।
न्यू डायमण्डले सुरुवाती दुई सेट सहजै जितेको थियो । तेस्रो र चौथो सेट आर्मीले जिते पनि पाँचौं सेटमा पुनरागमन न्यू डाइमन्ड विजयी भयो ।
प्रतियोगितामा लगाता तेस्रो हार बेहोरेपछि डिफेन्डिङ च्याम्पियन आर्मीको फाइनल सम्भावना कमजोर बनेको छ ।
प्रतिक्रिया 4