
२६ असार, काठमाडौं । मनाङ एयरको हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएका सबै जनाको शव काठमाडौं ल्याइएको छ ।
त्रिभुवन विमानस्थल कार्यालयका महाप्रवन्धक प्रतापबाबु तिवारीका अनुसार शव काठमाडौं शिक्षण अस्पतालमा लगिएको छ । सुरुमा ४ जनाको शव ल्याइएको थियो । दोस्रो हेलिकप्टरमा दुई शवसहित ६ जनाकै शव काठमाडौं ल्याइएको छ ।
मंगलबार बिहान भएको हेलिकप्टर दुर्घटनामा एक चालक र ५ जना यात्रुको मृत्यु भएको छ । यात्रु सबै मेक्सिकन नागरिक हुन् । उनीहरु माउन्टेन फ्लाइटका लागि खुम्बु क्षेत्रमा पुगेका थिए ।
लेखकको बारेमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4