२६ असार, काठमाडौं । सातौं प्रधानमन्त्री कप एनभीए महिला तथा पुरुष राष्ट्रिय भलिबल क्लब च्याम्पियनसिपमा पुरुषतर्फ विभागीय टोली नेपाल पुलिस क्लबले लगातार तेस्रो जित हात पारेको छ ।
तस्रो खेल जित्ने क्रममा पुलिसले दावाली मिलनमाथि ३–० को सोझो सेटको जित निकाल्यो ।
त्रिपुरेश्वस्थित दशरथ रंगशाला कभर्ड हलमा भएको खेलमा पुलिसले २५–२१, २५–१९ र २५–१७ को सेटले विजयी भएको हो ।
लगातार चार हारसँगै दावाली मिलन क्लब प्रतियोगिताबाट बाहिरिने पहिलो टोली बनेको छ ।
पुलिसले प्रतियोगिताको पहिलो खेलमा गण्डकी प्रदेशलाई ३–२ र दोस्रो खेलमा सैलुङ बागढुङ्गालाई ३–० को सोझो सेटमा पराजित गरेको थियो ।
प्रतिक्रिया 4