+
+

गरिखान देऊ भन्दै काठमाडौं महानगर अगाडि प्रदर्शन (तस्वीरहरू)

आर्यन धिमाल आर्यन धिमाल
२०८० असार २७ गते ११:३१

२७ असार, काठमाडौं । काठमाडौं महानगरपालिकाले फुटपाथ तथा साना व्यापारीमाथि ज्यादती गरेको भन्दै विरोध प्रदर्शन भएको छ ।

महानगरपालिकाको कार्यालय अगाडि स्वतन्त्र युवाहरुको समूहले ‘गरिखान देऊ’ भन्दै विरोध गरेका हुन् ।

उनीहरुले महानगरपालिकका मेयर बालेन्द्र शाह(बालेन)ले चुनाव अगाडि ‘गरिबको चमेली बोलिदिने कोही छैन’ भन्दै गाएको गीत गाउँदै विरोध गरेका थिए ।

महानगरपालिकाका नगर प्रहरीहरुले फुटपाथ खाली गर्ने नाममा जीविकोपार्जन गर्ने मान्छेहरुलाई काठमाडौंमा टिक्नै नदिएको भन्दै विरोध गरेका सहभागी युवा प्रसजु मैनालीले बताए ।

‘महानगरपालिकाभित्र भएका गरिखाने वर्गलाई अवमूल्यन गरेर शहरको सौन्दर्यता राम्रो कदापि हुन सक्दैन । शहरभित्रका फुटपाथ तथा साना व्यापारीहरुलाई निश्चित स्थान दिएर विकल्प दिनुपर्ने  ठाउँमा विस्थापन गरिरहेकोले हामीले विरोध गरेका हौं’, अनलाइनखबरसँग मैनालीले भने ।

उनले काठमाडौं महानगरपालिकाको प्रवृत्तिको विरोध गरेको भन्दै पात्रको विरोध नगरेको दाबी गरे ।

महानगरको कार्यालय अगाडि पानीमा भिजेर नै उनीहरुले प्रदर्शन गरेका छन् ।

 

लेखकको बारेमा
आर्यन धिमाल

धिमाल अनलाइनखबरका फोटो पत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?