+
+

‘पापी मान्छे ३’ बनाउँदै राजकुमार राई, निर्देशकमा जनकदीप पराजुली

अनलाइनखबर अनलाइनखबर
२०८० असार २७ गते १४:११

काठमाडौं । फिल्म निर्माता राजकुमार राईले अन्तर्राष्ट्रिय बजारलाई लक्षित गर्दै एड्भेन्चर-ड्रामा ‘पापी मान्छे ३’ निर्माणको घोषणा गरेका छन् । दोस्रो श्रृंखला निर्माण भएको १५ वर्षपछि चिम्पान्जीलाई शीर्ष भूमिकामा लिएर काल्पनिक कथामा फिल्म बन्न लागेको हो ।

यो फिल्ममा क्यानडाको एक म्याच-पेन्टिङ कम्पनीले काम गर्ने भएको छ । भीएफएक्सका लागि फ्रान्स, क्यानडा र मुम्बईको कुनै एक कम्पनीसँग सहकार्य गर्न तयारी छ । ‘अन्तर्राष्ट्रिय बजारमा जाने कोसिस हाम्रो हुनेछ,’ चलचित्र विकास बोर्डका पूर्वध्यक्ष समेत रहेका राईले अनलाइनखबरसँग भने ।

निर्देशक जनकदीप पराजुलीले बुधबार परेको जन्मदिनको अवसरमा टिजर पोस्टर सार्वजनिक गर्दै फिल्मको घोषणा गरेका हुन् । ‘यो फिल्मसँग पापी मान्छेका अघिल्ला फिल्मको कथावस्तु जोडिएको छैन । पहिले बाँदर र कुकुरलाई लिएर फिल्म बनाइएको थियो । अब भने बाँदरको विकसित रुप चिम्पान्जीलाई लिएर अन्तर्राष्ट्रिय रुपमै जाने किसिमले फिल्म बनाउन लागेका हौं,’ पराजुलीले भने ।

‘हामीलाई कमर्सियल फिल्म चाहिएको हो । पूर्णतः काल्पनिक कथावस्तुमा फिल्म बन्नेछ । हामीले हलिउडमा गोडजिल्लादेखि एपका फिल्म पनि हेर्‍यौं । यो फिल्म चाहिं विशुद्ध एड्भेन्चर र कमर्सियल फिल्म बन्नेछ,’ पराजुलीले भने, ‘कलाकारसँग मौखिक सहमति भएको छ । हामी अन्त्यमा मात्र कलाकारबारे घोषणा गर्नेछौं ।’

शीर्ष पात्र चिम्पान्जीलाई पूर्ण रुपमा भीएफएक्ससहित प्रयोग गर्ने तयारी छ । जंगल पनि म्याच-पेन्टिङबाटै बनाइने भएको छ । सन् २०२४ मा प्रदर्शन लक्ष्य राखिएको यो फिल्मलाई राजकुमार राईको आरसी पिक्चर्सले एकल रुपमा बनाउने तयारी छ । भविष्यमा भारतीय कम्पनी पनि ज्वाइन्ट भेन्चर कम्पनीको रुपमा जोडिन सक्ने निर्देशक पराजुलीले संकेत गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?