+

ओमेगा च्याम्पियनसिप फाइट शनिबार हुने

२०८० असार  २७ गते १७:४८ २०८० असार २७ गते १७:४८
ओमेगा च्याम्पियनसिप फाइट शनिबार हुने

२७ असार, काठमाडौं । ओमेगा च्याम्पियनसिपको आयोजनामा पहिलो पटक ओमेगा च्याम्पियनसिप फाइट आयोजना हुने भएको छ ।

योजकले बुधबार पत्रकार सम्मेलन गर्दै आउने शनिबार काठमाडौंको अनमोल ब्यांकेटमा तीन प्रो र सात अमेच्योर गरी कूल १० फाइट हुने जानकारी गराएको छ । जसमा नेपालका १२ र भारतका ८ गरी कूल २० खेलाडीले सहभागिता जनाउँदैछन् ।

ओमेगा फाइट नाइट नाम दिइएको उक्त इभेन्टमा तीन प्रो फाइट हुनेछ । जसमा नेपालका कोशिष श्रेष्ठ र भारतका विक् गाड्भेको मुख्य प्रो इभेन्टमा प्रतिस्पर्धा हुनेछ भने कोभ इभेन्टमा भारतका हंसराज सामोता र प्रखर शुबशासुङबीच प्रतिस्पर्धा हुनेछ ।

यस्तै अर्को प्रो इभेन्टमा भारतकै लभ सिंह र अंकित पान्चलबीच खेल हुनेछ ।

नेपालका कोशिषले पहिलो पटक घरेलु भूमिमा प्रो फाइट खेल्न लागेकोले आफू उत्साहित भएको बताए । ‘यसै अवसरका लागि पर्खिरहेको थिएँ । तयारी राम्रो छ । यसअघि मैले भारतमा गएर खेलेको थिएँ । पहिलो पटक नेपालमै फाइट हुन लागेको छ । यसका लागि निकै उत्साहित छु’, कोशिषले भने ।

उनले यसअघि बक्सिङ र किक बक्सिङ खेलेको तर अब ओमेगा फाइटमा आफ्नो स्किल देखाउन पाउने बताए ।

भारतीय खेलाडी विकीले यो देश बाहिर आफ्नो पहिलो अन्तर्राष्ट्रिय फाइट भएकोले उत्साहित रहेको बताए । सातै उनले छिमेकी नेपालबाटै अन्तर्राष्ट्रिय फाइट सुरु गर्न पाउँदा उत्साहित रहेको बताए ।

यसबाहेक प्रो इभेन्ट खेल्ने अन्य खेलाडीले पनि नेपालमा खेल्न तयार रहेको बताए । यस बाहेक बाँ सात अमेच्योर फाइट हुनेछ । जसमा एक फाइट महिला खेलाडीहरुबीच समेत हुनेछ ।

त्यसमा १३औं सागमा कुस्तीमा स्वर्ण जितेकी संगिता धामीले रजिना बस्नेतसँग प्रतिस्पर्धा गर्नेछन् ।

यस्तै जोर्डन तेन्डर घले र समर अर्याल, कर्न बहादुर मगराती र एलेन थकाली, करण बज्राचार्य र पवन लामा, दिकपाल कार्की र ध्रुव शिरोधकर, कबिन देसार वामी र केरोबिन तुडु तथा आशुतोष मुल्मी र अरुन लामा, एबल थापा र अथर्व देसमुखबीच प्रतिस्पर्धा हुनेछ ।

इभेन्टमा प्रो र अमेच्योर दुवैतर्फ प्रतिस्पर्धा गर्ने खेलाडी र विजेता दुवैले नगद पुरस्कार प्राप्त गर्नेछन् । प्रो तर्फ प्रतिस्पर्धा गर्ने दुवैले समान १५ हजार पाउनेछन् भने विजेताले थप १५ हजार अतिरिक्त पाउनेछन् ।

यस्तै नकआउटमा खेल जिते अर्को १५ हजार पनि प्राप्त गर्ने आयोजकले जनाएको छ । अमेच्योतर्फ भने दुवै प्रतिस्पर्धीले समान ७ हजार, खेल जित्नेले ७ हजार र नकआउटमा जिते अतिरिक्त ७ हजार पुरस्कार पाउनेछन् ।

ओमेगा च्याम्पियनसिप मिक्स आर्सल आर्ट्स (एमएमए) प्रवर्द्धन गर्ने नेपालकै पहिलो संस्था रहेको र यसले मार्सल आर्ट्स शैली र अनुशासनहरु प्रयोग गरेर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय फाइटहरु गराउने ओमेगा च्याम्पियनसिपको अध्यक्ष मेगबिर चेम्जोङले बताए ।

मिक्स मार्सल आर्ट्स नेपाल एसोसिएसन र भारतीय मिक्स मार्सल आर्ट्स एसोसिएसनको सहकार्यमा भारतीय खेलाडीहरुलाई नेपाल ल्याइएको उनले बताए । फाइट अघि हरेक खेलाडीको स्वास्थ्य परिक्षण हुने र खेलाडीको इन्सुरेन्स समेत गरिएको आयोजकले जनाएको छ ।

प्रो फाइट
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय