
काठमाडौं । बैंकिङ विज्ञ बीएन घर्तीको ‘बैंकिङ अनुशासन, दिगो विकासका लागि’ नामक पुस्तक सार्वजनिक भएको छ ।
पुस्तकमा लेखक घर्तीले बैंक तथा वित्तीय संस्था किन अनुशासनमा बस्नु पर्दछ, किन अल्पदृष्टिबाट होइन दूरदृष्टिबाट अभिप्रेरित हुनु पर्दछ भन्ने विषयवस्तुमाथि विश्लेषण गरेका छन् ।
बैंक किन ग्राहक केन्द्रित हुनु पर्दछ, उपयुक्त निक्षेपको मिश्रण किन हुनु पर्दछ, कर्मचारीहरुलाई अनावश्यक बिक्री लक्ष्य किन तोक्नु हुँदैन, किन पारिश्रमिक दिनेगरी व्यवसायिक सञ्चालक नियुक्त गर्नु पर्दछ भन्ने विषयवस्तु पनि पुस्तकमा उनले समावेश गरेका छन् ।
पूर्वबैंकर सशिन जोशीले लेखक घर्तीको पुस्तकबारे टिप्पणी गर्दै नेपाली बैंकिङ इतिहासको एक अमूल्य खजाना भएको बताए ।
विगतमा भोगेका समस्याबाट पाठ सिकेर अघि बढ्न चाहनेहरुका लागिमात्र होइन, भविष्यमा बैंकिङ व्यवसायलाई अझ बढी व्यावसायिक रुपमा व्यवस्थापन गर्न चाहने बैंकिङ पेशाकर्मी र बैंक नियामकहरुका लागि पनि ‘बैंकिङ अनुशासन’ एक उत्कृष्ट तालिम तथा सन्दर्भ पुस्तक हुने उनको भनाइ छ ।
बैंकिङ अनुशासनको महत्वबारे सन्देश दिन केन्द्रित रहेर पुस्तक लेखेको लेखकको भनाइ छ ।
प्रतिक्रिया 4