
काठमाडौं । सलोन बस्नेत र आकाश श्रेष्ठको प्रमुख भूमिका रहेको फिल्म ‘हिंड्दा हिंड्दै’को टिजर सार्वजनिक भएको छ । भदौ १ गते रिलिजको तयारीमा रहेको यो फिल्मलाई मिलन आलेमगरले निर्देशन गरेका हुन् ।
एक मिनेट लामो टिजर भिडियोमा प्रेम सम्बन्धमा आउने उतारचढावको कथा प्रस्तुत गरिएको छ । टिजरले सलोन र आकाशलाई मिल्ने साथीको रुपमा चित्रण गरेको छ । प्रेमकै कारण यी दुई जनाको मित्रतामा आउने संकटको वरपर कथावस्तु घुमेको छ ।
फिल्ममा रेखा शाह, सानिया खान, विकास थापा, विमल श्रेष्ठको पनि शीर्ष भूमिका छ । राज लामाले फिल्म निर्माण गरेका हुन् । कामको कुरा गर्दा आकाशले पछिल्लो पटक ‘सम्हालिन्छ कहिले मन’मा अभिनय गरेका थिए भने सलोनले पछिल्लोपटक ‘डिसेम्बर फल्स’मा काम गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4