
२८ असार, काठमाडौं । भारतमा हुने जी ट्वेन्टी फाइनान्स ट्रयाक बैठकमा भाग लिन डा. प्रकाशशरण महत नेतृत्वको टोली जाने भएका छन् ।
बुधबार बसेको मन्त्रिपरिषदको बैठकले जी ट्वेन्टी फाइनान्स ट्रयाक बैठकमा मन्त्री महत नेतृत्वको प्रतिनिधि मण्डलको भ्रमण स्वीकृत गरेको हो ।
आउँदो सोमबार र मंगलबार भारतको गुजरातमा जी ट्वेन्टी फाइनान्स ट्रयाक बैठक हुने छ । यसमा विभिन्न देशका अर्थमन्त्री तथा गर्भनरसहितको सहभागिता हुने छ ।
आउँदो सेप्टेम्बरमा भारतले जी ट्वेन्टी शिखर सम्मेलन गर्दै छ । त्यसका तयारीका लागि यो बैठक हुन लागेको हो ।
यस्तै मन्त्रिपरिषदको बैठकले थाइल्याण्डमा हुने बिमस्टेक परराष्ट्र मन्त्रीहरुको रिट्रिटमा भाग लिन परराष्ट्र मन्त्री एनपी साउद नेतृत्वको प्रतिनिधि मण्डललाई स्वीकृति दिएको सरकारका प्रवक्ता तथा सञ्चार मन्त्री रेखा शर्माले बताइन् । परराष्ट्रमन्त्री असार ३१ मा बैंकक प्रस्थान गर्ने र साउन २ मा स्वदेश फर्कने तयारी छ ।
प्रतिक्रिया 4