
२८ असार, विराटनगर । जिल्ला कारागार मोरङमा पूर्पक्षका लागि थुनामा रहेका एक जना कैदीबन्दीको मृत्यु भएको छ ।
मोरङको पथरीशनिश्चरे नगरपालिका-३ घर भएका ६८ वर्षीय दलबहादुर दमाईको मृत्यु भएको हो ।
उनी कर्तव्य ज्यान मुद्दामा पूर्पक्षका लागि कारागारमा थिए । जेलर कृष्ण खड्काका बिरामी परेका उनलाई आज कोशी अस्पताल लगिएको थियो । अस्पतालले बिहान करिब १० बजे मृत घोषित गरेको थियो।
कर्तव्य ज्यान मुद्दामा दमाईलाई जिल्ला अदालत मोरङले बैशाख ७ गते पूर्पक्षका लागि कारागार चलान गरेको थियो ।
३०० क्षमता रहेको कारागारमा एक हजार ५२ जना कैदीबन्दी छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4