
२८ असार, बैङ्कक । थाइल्याण्डको संसद नयाँ प्रधानमन्त्री चयन गर्न असफल भएको छ । विहीबार भएको निर्वाचनमा प्रधानमन्त्रीका एक मात्र उम्मेदवार तथा मुभ फरवार्ड पार्टीका नेता पिता लिम्जारोएनरातले संसदमा बहुमत प्राप्त गर्न सकेनन् ।
पाँच सय सदस्यीय तल्लो सदन र २५० सिनेटरको माथिल्लो सदनको संयुक्त अधिवेशनमा पिता प्रधानमन्त्रीका लागि मनोनित एक मात्र उम्मेदवार भए पनि उनले ३२४ मत मात्र प्राप्त गरे । थाइल्याण्डमा प्रधानमन्त्री बन्न कम्तिमा ३७६ मत प्राप्त गर्नुपर्छ ।
सांसदहरूबीच घन्टौं लामो बहसपछि मतदान भएको थियो । थाइल्याण्डमा गत मे महिनामा भएको आम निर्वाचनमा मुभ फरवार्ड पार्टी संसदको तल्लो सदनमा सबैभन्दा ठूलो दलको रूपमा उदाएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4