+
+

भुक्तानी माग्दै निर्माण व्यवसायीको प्रदर्शन

अनलाइनखबर अनलाइनखबर
२०८० असार २९ गते १२:३१

२९ असार, काठमाडौं । नेपाल निर्माण व्यवसायीहरुले रकम भुक्तानी र निर्माण कार्यको म्याद थप गर्न माग गर्दै प्रदर्शन गरेका छन् ।

सरकारले भुक्तानी नदिँदा बैंकले निर्माण व्यवसायीलाई कालोसूचिमा राखेको, मजदुरलाई पारिश्रमिक दिन नसकेको लगायतका समस्या झेल्नुपरिरहेको भन्दै तत्काल रकम उपलब्ध गराउन माग गरेका छ्न ।

शुक्रबार काठमाडौंको माइतीघर मण्डलमा भेला भएका निर्माण व्यवसायीहरुले आफूहरुको रकम रोकेको भन्दै अर्थमन्त्री डा. प्रकाशशरण महतको राजीनामा समेत मागेका छन् ।

अर्थमन्त्री, अर्थसचिव र विकासे मन्त्रालयका मन्त्रीहरुले पनि निर्माण व्यवसायीहरुले गरेका भुक्तानी कुनैपनि किसिमबाट गर्ने प्रतिवद्धता जनाएपनि असार मसान्तसम्म निर्माण व्यवसायीले गरेका कामको भुक्तानी नपाएपछि बाध्य भएर आन्दोलन गर्नुपरेको नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले बताए ।

उनले सरकारले भुक्तानी गर्न नसके तत्काल त्यस्ता आयोजनाहरु खारेज गर्नुपर्ने बताए ।

बिरोध कार्यक्रममा बोल्दै महासंघका उपाध्यक्ष रामजी पन्तले निर्माण सम्बन्धी सम्झौता सरकारले गर्ने र व्यवसायीहरुलाई बजारबाट ऋण उठाएर निर्माण गर्न लगाउने तर सरकारले भुक्तानी नदिँदा निर्माण व्यवसाय नै धरापमा परेको बताए ।

व्यवसायीहरुले माइलस्टोनको व्यवस्था तुरुन्त खारेज गर्, मूल्य समायोजन तुरुन्त कार्यान्व्यन गर्, असार मसान्तमा निर्माण कार्यको बाँकी रकम तुरुन्त भुक्तानी गर्, निर्माण कार्यको म्याद थप गर्, व्यवसायीले आत्मदाह गर्ने क्रम बन्द गराउ लगायतका प्लेकार्ड बोकेर बिरोध जनाएका थिए ।

तस्वीरहरू : चन्द्रबहादुर आले/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?