+
+

बैतडीमा मानसिक सन्तुलन ठिक नभएका बाजेको कुटाइबाट नातिको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०८० असार २९ गते १४:१८

२९ असार, बैतडी । बैतडीमा मानसिक सन्तुलन ठिक नभएका बाजेको कुटाइबाट नातिको मृत्यु भएको छ । पुर्चौडी नगरपालिका– ६ मुडेलीधारका ५० वर्षीय गणेश साउदको कुटाइबाट उनका २ वर्षीया नाति २ वर्षीय रेशमको मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक योगेश खत्रीले मानसिक सन्तुलन ठिक नभएका आफ्नै बाजे गणेशको कुटाइबाट गम्भीर घाइते भएका साउदको उपचारका क्रममा डडेल्धुरा अस्पतालमा मृत्यु भएको जानकारी दिए  । कुटपिटबाट घाइते भएका उनका दाजु ८ वर्षीय रिजन साउद पनि गम्भीर घाइते छन् ।

उनको धनगढीको नवजीवन अस्पतालमा उपचार भइरहेको छ । कुटपिटमा संलग्न गणेशलाई प्रहरीले नियन्त्रणमा लिइएको छ । पुर्चौडी नगरपालिका– ६ का वडाध्यक्ष नरेन्द्र साउदले नातिलाई कुटपिट गर्ने साउदको मानसिक अवस्था केही समयदेखि ठिक नभएको बताए ।

उनकाअनुसार केही दिनअघि गणेशले छोरा दीपकमाथि समेत कुटपिट गरेका थिए । कुुटपिटबाट टाउकोमा चोट लागेका दीपक उपचारका लागि धनगढी पुगेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?