
२९ असार, धनगढी । बजेटप्रति असन्तुष्ट सत्तारुढ प्रदेशसभा सदस्यहरुलाई फकाउन मुख्यमन्त्री कमलबहादुुर शाहले पूर्वाधार विकास कार्यक्रममा बजेट थप्ने प्रस्ताव गरेका छन् ।
पर्सि ३१ असारभित्र बजेट पारित गर्नुपर्ने छ, तर सत्तारुढ प्रदेशसभा सदस्यहरुको असन्तुष्टिका कारण बजेट पास हुन गाह्रो देखेपछि मुुख्यमन्त्री शाहले शुक्रबार माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टी (नउपा) र एकीकृत समाजवादीका नेताहरुसँग छलफल गरेका थिए ।
त्यसक्रममा उनले अहिले ३ करोड रुपैयाँ छुट्याइएको पूर्वाधार विकास कार्यक्रममा बजेट थप्ने प्रस्ताव गरेका हुुन् । ‘मुख्यमन्त्रीज्यूूले सांसदहरुको निर्वाचन क्षेत्रमा कार्यान्वयन हुने पूूर्वाधार विकास कार्यक्रममा बजेटको सीमा बढाउछौं । बजेट पारित गर्न सहयोग गर्नुस् भनेर प्रस्ताव गर्नुभयो,’ नाउपा संसदीय दलका नेता घनश्याम चौधरीले भने ।
आर्थिक मामिलामन्त्री नरेशकुमार शाहीले १ असारमा २९ अर्ब २६ करोड ५९ लाख ३२ हजारको बजेट पेश गरेका थिए । तर सत्तारुढ दलकै प्रदेशसभा सदस्यहरुले विरोध गरेका छन् ।
सिमित नेता र मन्त्रीको निर्वाचन क्षेत्र केन्द्रित बजेट आएको र आफूहरुले प्रस्ताव गरेको योजनामा बजेट नपरेको भन्दै उनीहरुले संशोधनको माग गरेका छन् । नभए यथास्थितिमा बजेट पास गर्न नसक्ने असन्तुष्ट प्रदेशसभा सदस्यहरुको चेतावनी छ ।
सत्तारुढ माओवादी, नउपा र एकीकृत समाजवादीले संयुक्त बैठक नै बसेर बजेट संशोधन नभएसमर्थन गर्न नसकिने बताएका थिए । मुख्यमन्त्रीले पूर्वाधार विकास कार्यक्रममा बजेट थप्ने बताए पनि के कति भन्ने खुलाएका छैनन् । नाउपा संसदीय दलका नेता चौधरी भने आफूहरु उधारो आश्वासन मान्ने पक्षमाआफूूहरु नरहेको उनले बताए । उनले भने, ‘बजेट पारित गर्नुभन्दा अघि नै बढाउनुपर्छ, नभए हुँदैन भनेका छौं ।’
आर्थिक मामिलामन्त्री नरेशकुमार शाही भने कुनै न कुुनै निकास दिएर बजेट पारित हुुने बताउँछन् । ‘माननीय ज्यूूूूूहरुले बजेटबारे दिनुुभएका सुझाव, गुनासा लगायतका सम्बन्धमा छलफल गरेर निकास निकाल्छौं’ शाहीले अनलाइनखबरसँग भने, ‘निकास दिएर बजेट पारित गछौं ।’
सरकारको नेतृत्वकर्ता दल नेपाली कांग्रेसका प्रमुुुख सचेतक विक्रम धामी पनि असन्तुष्टि सम्बोधन गर्न भइरहेको छलफलले शनिबारसम्म निकास दिने विश्वास राख्छन् ।
प्रतिक्रिया 4