२९ असार, काठमाडौं । सातौं प्रधानमन्त्री एनभीए महिला तथा पुरुष राष्ट्रिय भलिबल क्लब लिगमा पुरुषतर्फ टिपटप हेल्प नेपाल फाइनलमा पुगेको हो ।
लिग चरणको अन्तिम खेलमा त्रिभुवन आर्मीलाई ३-१ को सेटमा पराजित गर्दै हेल्प नेपाल फाइल प्रवेश गरेको छ । उसले आर्मीलाई २९-२७, २१-२५, २५-२२ र चौथो सेट ३९-३७ को प्रतिस्पर्धात्मक सेटमा पराजित गरेको हो ।
पहिलो सेट निकै प्रतिस्पर्धी बन्दा हेल्प नेपालले लगातार २ अंक लिँदै पहिलो सेट जितेको हो ।
दोस्रो सेटमा आर्मी हेल्प नेपल माथि हाबी भयो । तेस्रो सेट हेल्प नेपालले जित्यो । चौथो सेट अत्यन्त प्रतिस्पर्धात्मक बन्दै ३७ प्वाइन्टको बराबरी सम्म लम्बियो । अन्त्यमा ३९-३७ मा हेल्प नेपल विजयी भयो ।
नेपाल पुलिससँग फाइनल भिडन्त पक्का गरेको टिप टप अपराजित टिम हो । सबै ६ खेल जितेको हेल्प नेपालको १६ अंक रह्यो । हेल्प नेपालसँग हारेको पुलिस १५ अंकसहित यसअघि नै फाइनलमा पुगेको थियो ।
फाइनल खेल भोलि शनिबार ३ बजे हुने छ । यसअघि भोलि १२ बजे महिलातर्फको फाइनलमा पुलिस र एपीएफबीच प्रतिस्पर्धा हुने छ ।
प्रतिक्रिया 4