+
+

जनतासँग गरेका बाचा ५ वर्षभित्र पूरा गछौं :  उपप्रधानमन्त्री खड्का

अनलाइनखबर अनलाइनखबर
२०८० असार ३० गते १३:३८

३० असार, काठमाडौं । उपप्रधान एवम् रक्षामन्त्री पूर्णबहादुर खड्काले पाँच वर्षभित्र जनतासँग गरेका बाचा पूरा गर्ने बताएका छन् ।

उपप्रधानमन्त्री खड्काले देशको अर्थतन्त्र अप्ठ्यारो अवस्थामा रहेको भए पनि निर्वाचनका बेला जनतासँग गरिएका बाचा पूरा गरेरै छोड्ने बताए ।

गृह जिल्ला सुर्खेत पुगेका उपप्रधानमन्त्री खड्काले शनिबार सुर्खेतको पूर्वी क्षेत्र गुर्भाकोट–७ स्थित गोकुलपुरमा इलाका प्रशासन कार्यालयको उद्घाटन गर्दै  देशको प्रतिकूल आर्थिक अवस्थामा पनि विकास–निर्माणका कामहरु अघि बढिरहेको बताए ।

उपप्रधानमन्त्री खड्काले जनताको अपेक्षा अनुसार वर्तमान सरकारले कामहरु गरिरहेको भन्दै उनले भने, ‘देशको प्रतिकुल आर्थिक अवस्थामा पनि समग्र कर्णाली, सुर्खेत र म निर्वाचित भएको क्षेत्रमा महत्वपूर्ण विकास योजनाहरु अघि बढेका छन्, । जनतासँग गरेका बाचा पाँच वर्षभित्र पूरा गर्न प्रतिबद्ध छु ।’

उपप्रधानमन्त्री खड्काले कर्णाली करिडोर र भेरी करिडोरलगायतका कर्णालीको समृद्धिसँग जोडिएका ठूला सडक योजनाहरु निर्माणलाई सरकारले पहिलो प्राथमिकतामा राखेको जानकारी समेत दिए ।

उनले २० वर्षभित्र भेरी किनारमा आधुनिक र नमूना शहर निर्माण गरेर भेरीगंगा उपत्यका नमूनाको आधुनिक शहर निर्माणको काम अघि बढेको बताउँदै त्यो शहर नयाँ पुस्तालाई नासोका रुपमा हस्तान्तरण गरिने बताए ।

रक्षामन्त्री समेत रहनु भएका उपप्रधानमन्त्री खड्काले  राष्ट्रिय गौरवको भेरी–बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनासँगै डोल्पादेखि सुर्खेतसम्मको भेरी किनारमा सिंचाई, विद्युतीकरण, सडकलगायतका कामहरु गर्ने गरेर भेरी करिडोर सिंचाई विकास योजनालगायतका ठूला विकास योजनाहरु कार्यान्वयन भइरहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?