+
+

ढलोस् भनेर धूपबात्ती गर्दैमा सरकार ढल्दैन : मन्त्री ज्वाला

अनलाइनखबर अनलाइनखबर
२०८० असार ३१ गते ११:०६

३१ असार, काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले सत्ता गठबन्धन बलियो भएको बताउँदै कसैले चाहेर नभत्किने बताएका छन्।

जनकपुरधाममा सञ्चारकर्मीहरुसँग कुरा गर्दै मन्त्री ज्वालाले एमालेप्रति लक्षित गर्दै गठबन्धन ढाल्ने सपना नदेख्न आग्रह गरे ।

‘अहिलेको गठबन्धन बलियो धरातलमा उभिएको छ,’ उनले अघि भने, ‘कसैले गठबन्धन ढलोस् भनेर चाहँदैमा, धूपबात्ती गर्दैमा गठबन्धन ढल्दैन।’

प्रतिगमनका विरुद्धमा एकजुट भएर सडकदेखि अदालतसम्म लडेका शक्तिहरु एक ठाउँमा रहेको बताउँदै उनले गठबन्धन भत्काएर केही पाइहाल्छौं कि भन्ने सोच पूरा नहुने बताए ।

मन्त्री ज्वालाले समाजवादी मोर्चा सरकार बलियो बनाउने र टिकाइरहने मात्रै नभइ गठबन्धनको दीर्घकालीन फाइदाका लागि बनेको दाबी समेत गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?