+
+

रमेश सायनको उपन्यास ‘अन्तर’ मा लैंगिकता र याैनिकताका भिन्न भोगाई

अनलाइनखबर अनलाइनखबर
२०८० असार ३१ गते १२:०९

काठमाडौं । लेखक रमेश सायनको पहिलो उपन्यास ‘अन्तर’ सार्वजनिक भएको छ । काठमाडौंको मण्डला थिएटरमा आयोजित कार्यक्रममा ब्लगर लेक्स लिम्बू, सञ्चारकर्मी रूपेश श्रेष्ठ  र लेखक सायनले संयुक्त रुपमा पुस्तकको लोकार्पण गरे ।

पुस्तकबारे रुपेश श्रेष्ठसँगको अन्तरसंवादमा लेक्सले आफ्नो भोगाइ र उपन्यासको पात्र ‘शब्द’ को भोगाइ समानान्तर भएको र लैंगिकतालाई अब फरक दृष्टिकोणले हेर्न नहुने बताए । उनले भने, ‘मैले २५ वर्ष पुग्दा मात्रै म समलिङ्गी हुँ, म फरक हुँ भनेर परिवारका सदस्यलाई भन्न सकेको थिएँ । तर अब समय र समाजको चेतना फरक भइसक्यो । त्यसैले अब जन्मको प्राकृतिकतालाई नेपाली समाजले स्वीकार्न सक्नुपर्छ ।’

नेपाली समाजमा विद्यमान लैंगिक विभेद र त्यसमा पनि समलैंगिकता आजसम्म पनि सर्वस्वीकार्य नरहेको अवस्थामा यसबारे खुलेर बहस हुनुपर्ने र राज्यको नीति निर्माण तहले यो विषयलाई विषयान्तर गर्न नहुने लेक्सले बताए ।

फरक विषयमा उपन्यास लेख्न निकै चुनौती भए पनि नेपाली समाजमा आजसम्म नलेखिएको विषयमा उपन्यास लेख्न पाएकोमा रमेश सायनले खुसी व्यक्त गरे । उनले भने, ‘यो विषयमा मैले लेख्न सक्नु नै यो समाजको विषयसँगको मेरो गहिरो साक्षात्कार हो ।’

बुकहिलले प्रकाशन गरेको २५२ पृष्ठको उपन्यासको मूल्य ५५५ रुपैयाँ राखिएको छ । सायनका यसअघि ‘भागेर भूगोलभरि’ (कविता संग्रह) र पद्मश्री साहित्य पुरस्कार विजेता कृति ‘छुटेका अनुहार’ (निबन्ध) प्रकाशित छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?