
३१ असार, काठमाडौं । प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले समयमै न्यायाधीश नियुक्त गर्न नसकिएको बताएका छन् ।
सर्वोच्च अदालतमा ७ जना तथा उच्च अदालतमा ६० न्यायाधीशको पद खाली हुँदैछ । संवैधानिक व्यवस्थाअनुसार एक एक महिना अगाडि नै सिफारिस हुनुपर्ने हो । तर अहिलेसम्म न्याय परिषदको बैठक बस्न सकेको छैन ।
आइतबार सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रधानन्यायाधीश कार्कीले भने, ‘अझै पनि समय छ, न्यायाधीश नियुक्तिमा प्रयासरत छु ।’ उनले वस्तु निष्ठताका आधारमा न्यायाधीश नियुक्त हुनुपर्नेमा समेत जोड दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4