+
+

सहकारीको नियमन गर्न शक्तिशाली संस्था आवश्यक छ : विश्वप्रकाश शर्मा

अनलाइनखबर अनलाइनखबर
२०८० असार ३१ गते १५:१६

३१ असार, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री समेत रहेका प्रतिनिधिसभा सदस्य विश्व प्रकाश शर्माले सहकारीको नियमन गर्न शक्तिशाली संस्था आवश्यक भएको बताएका छन् ।

आइतबार प्रतिनिधिसभामा आकस्मिक समय लिएर उनले आन्दोलनमा रहेका सहकारीकर्मीसँग संवाद गरेर माग पूरा गर्न आग्रह गरे ।

आन्दोलनमा हस्तक्षेप गर्न नहुने उल्लेख गर्दै महामन्त्री शर्माले भने, ‘केही सहकारीको कमजोरीका कारण देशका सयौं सहकारी आलोचित भएका छन् । सरकारले यसलाई नियमन गर्ने शक्तिशाली संस्थाको परिकल्पना गर्नुपर्ने हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?