+
+

कृपया संसदमा नौटंकी बन्द गरियोस् : सांसद श्रेष्ठ

अनलाइनखबर अनलाइनखबर
२०८० असार ३१ गते १५:३९

३१ असार, काठमाडौं । नेकपा एकीकृत समाजवादीका सांसद कृष्णकुमार श्रेष्ठले केही राजनीतिक दलको व्यवहार र बोलीमा फरकपन देखिएको बताएका छन् ।

आइतबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै उनले मिटरब्याजसम्बन्धी विधेयकको नाम नलिई उक्त विधेयक पारित हुने बेला संसद अवरुद्ध गरिएको टिप्पणी गरेका हुन् ।

‘जब जब मधेश, मधेशी र मधेशमा बसोबास गर्ने जनताहरुको अनुहारमा खुसीयाली आउने विधेयकहरु संसदमा प्रस्तुत हुन्छन् । तब तब केही पार्टीहरुले पाँच बित्ता उफ्री उफ्री सदन अवरुद्ध गरिन्छ’, उनले भने, ‘तर केही दिन पछि त्यही पार्टीका आदरणीयहरुले सात बित्ता उफ्रिएर त्यही विधेयक प्रस्तुत गरियोस् भनिन्छ । यसरी नौटंकी गरिन्छ । कृपया यो नौटंकी बन्द गरियोस् । म अनुरोध गर्न चाहन्छु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?