
काठमाडौं । के गैरअंग्रेजी भाषा संगीत व्यवसायको भविष्य हुनेछ ? सायद ।
लुमिनेटको सन् २०२३ को मध्यसम्मको प्रतिवेदनअनुसार विश्वव्यापी संगीत उद्योगले यस वर्ष सबैभन्दा छिटो गतिमा एक ट्रिलियन स्ट्रिमको आँकडा पार गरेको छ । यो संख्या तीन महिनामा पूरा भएको हो । सन् २०२२ भन्दा यो निकै चाँडो हो ।
ग्लोबल स्ट्रिमहरू पनि गत वर्षको तुलनामा ३०.८ प्रतिशतले वृद्धि भएका छन् । यसले बढ्दो अन्तर्राष्ट्रिय संगीत बजारलाई प्रतिबिम्बित गर्छ ।
लुमिनेटको उक्त प्रतिवेदनअनुसार पाँचमध्ये दुई वा ४० प्रतिशत अमेरिकी संगीत श्रोताले गैरअंग्रेजी भाषामा संगीतको आनन्द लिन्छन् । पूर्ण रूपमा ६९ प्रतिशत अमेरिकी संगीत श्रोताले मुलुकबाहिरका कलाकारको संगीतको आनन्द लिन्छन् ।
प्रतिवेदन अनुसार स्पेनिस, फ्रेन्च, जापानी, कोरियाली, इटालियन, जर्मन र अरबी गैरअंग्रेजी संगीतका लागि लोकप्रिय भाषाहरु हुन् । जसमध्ये ल्याटिन र के–पपका संगीत शीर्षस्थानमा छन् ।
संगीत उद्योगको आन्तरिक बजार र दृष्टिकोणबारे लुमिनेटका वरिष्ठ निर्देशक जेम मार्कोनेट भन्छिन्, ‘विशेषगरी हाम्रो स्ट्रिमिङ डेटाले देखाउँछ कि २०२३ को पहिलो भागमा शीर्ष १० हजारभन्दा धेरै स्ट्रिम गरिएका गीतहरू (अडियो र भिडियो संयुक्त) हेर्दा स्पेनिस र कोरियन भाषाको संगीत सबैभन्दा लोकप्रिय छन् ।’
उनी भन्छिन्, ‘यसबाहेक २०२१ यता शीर्ष १० हजारमा स्पेनी भाषाको संगीतको अंश ३.६ प्रतिशतले वृद्धि भएको देखिन्छ, जबकि अंग्रेजी भाषाको संगीतको अंश त्यही समयमा ४.२ प्रतिशतले घटेको छ ।’ सन् २०२३ को मध्यवर्षको सांगीतिक चार्टमा १० मध्ये ६ वटा त कोरियाली पप संगीत छन् । ‘के-पपका फ्यान बढी हुनु अचम्मको कुरा होइन, भौतिक रुपमा भन्दा उनीहरु सबैभन्दा उत्साही प्रशंसक हुन्,’ मार्कोनेट भन्छिन् ।
प्रतिक्रिया 4