
काठमाडौं । टम क्रुज स्टारर ‘मिसन इम्पोसिबल ७’ ले विश्व बक्स अफिसमा प्रक्षेपणभन्दा केही न्यून ओपनिङ गरेको छ । यसले पहिलो सप्ताहन्त ७० अन्तर्राष्ट्रिय बजारमा २३५ मिलियन अमेरिकी डलरको कमाइ गरेको डेडलाइन म्यागजिनले उल्लेख गरेको छ ।
विश्वकै ठूलो फिल्म बजार चीनमा भने फिल्मको ओपनिङ तेस्रो स्थानमा छ । चिनियाँ बजारमा शुक्रबारदेखि आइतबारभित्र फिल्मले २५.९ मिलियन डलरको कमाइ गरेको छ । सन् २०१८ मा रिलिज भएको सिरिजको अघिल्लो फिल्म ‘मिसन इम्पोसिबल : फलआउट’ले ७६ मिलियन डलरको ओपनिङ गरेको थियो ।
दोस्रो ठूलो फिल्म बजार अमेरिकामा चाहिं यो फिल्मले शुक्रबारदेखि आइतबारभित्र ५६.२ मिलियन डलर कमाइ गरेको भेराइटीले जनाएको छ । ‘प्रचारअघि लगभग ३०० मिलियन डलर खर्च गरेको फिल्मका लागि यो कमजोर सुरुवात हो,’ भेराइटीले लेखेको छ ।
तुलना सही छैनन् किनभने ‘डेड रेकनिङ पार्ट वन’ शुक्रबारको ठाउँमा बुधबार रिलिज भएको थियो । सातौं श्रृंखलाले रिलिजको पाँच दिनमा अनुमानित ८० मिलियन डलर कमाएको छ, जुन ‘फलआउट’ ७७.५ मिलियन डलर र मिसन इम्पोसिबल २ (७८.८ मिलियन डलर) कमाएका थिए । तर डेड रेकोनिङ पार्ट वनको कमाइ यी दुईभन्दा बढी हो ।
केही बक्स अफिस विश्लेषकले आगामी साता फिल्मले पिकअप लिन सक्ने प्रक्षेपण गरेका छन् । गर्मीयामभर नै यो फिल्मले राम्रो कमाइ गर्न सक्ने उनीहरुको अनुमान छ । रटन टम्याटोजले यो फिल्मलाई ९८ प्रतिशत रेटिङ दिएको थियो ।
नेपाली बक्स अफिसमा फिल्मले शुक्रबार र शनिबार ३६ लाख रुपैयाँ नेट कलेक्सन गरेको छ । विश्वका ठूला ३५ बजारहरु बेलायत, अष्ट्रेलिया, ब्राजिल, भारत, नेदरल्याड्स र स्क्यान्डिभेनियामा फिल्म एमआई सिरिजको ओपनिङ जबर्जस्त छ । आईम्याक्स संस्करणमा मात्र फिल्मले विश्वव्यापी २५ मिलियन डलरको ओपनिङ गरेको छ । आगामी साता फिल्मको व्यावसायिक भविष्यका लागि निकै महत्वपूर्ण हुने अपेक्षा गरिएको छ ।
प्रतिक्रिया 4