+

भारत ए विरुद्ध टस जितेर नेपाल ब्याटिङ गर्दै

२०८० साउन  १ गते १४:०० २०८० साउन १ गते १४:००
भारत ए विरुद्ध टस जितेर नेपाल ब्याटिङ गर्दै

१ साउन, काठमाडौं । श्रीलंकामा जारी एसीसी इमर्जिङ टिम्स एसिया कपमा नेपालले भारत एविरुद्ध टस जितेर ब्याटिङ रोजेको छ ।

डे नाइट खेल कोलोम्बोस्थित आर प्रेमदासा स्टेडियममा सुरु भएको छ ।

पाकिस्तान ए विरुद्ध शुक्रबार खेलेका अर्जुन साउद र प्रतिश जिसीकाे स्थानमा किशोर महतो र देव खनाल पहिलाे राेजाइमा खेल्दै छन् ।

समूह बी मा रहेको नेपाल पहिलो खेलमा कमजोर ब्याटिङ गर्दा पाकिस्तान ए सँग ४ विकेटले पराजित भएको थियो ।

भारत ए ले पहिलो खेलमा यूएई एलाई हराएर उत्कृष्ट सुरुवात गरेको थियो ।

रोहित पौडेलको कप्तानीमा रहेको नेपालको सिनियर टोलीले नै इमर्जिङ कप खेले पनि एसिया कपअघि यसलाई तयारीको रुपमा हेरेको छ ।

इमर्जिङ टिम्स एसिया कप
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय