+

भारत ए विरुद्ध कुशल भुर्तेल दोस्रो बलमै आउट

२०८० साउन  १ गते १४:२० २०८० साउन १ गते १४:२०
भारत ए विरुद्ध कुशल भुर्तेल दोस्रो बलमै आउट

१ साउन, काठमाडौं । श्रीलंकामा जारी एसीसी इमर्जिङ टिम्स एसिया कपमा भारत एविरुद्धको खेलमा कुशल भुर्तेल दोस्रो बलमै आउट भएका छन् ।

कोलोम्बोस्थित आर प्रेमदासा स्टेडियममा सुरु भएको खेलमा हर्सित रानाको बलमा उनी एलबीडब्लू आउट भएका हुन् । उनले खाता नै खोल्न सकेनन् ।

पाकिस्तान ए विरुद्ध शुक्रबार खेलेका अर्जुन साउद र प्रतिश जिसीकाे स्थानमा किशोर महतो र देव खनाल पहिलाे राेजाइमा खेल्दै छन् ।

समूह बी मा रहेको नेपाल पहिलो खेलमा कमजोर ब्याटिङ गर्दा पाकिस्तान ए सँग ४ विकेटले पराजित भएको थियो ।

इमर्जिङ टिम्स एसिया कप
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय