+

भारत ए सँग नेपालको कमजोर सुरुवात

२०८० साउन  १ गते १५:२१ २०८० साउन १ गते १५:२१
भारत ए सँग नेपालको कमजोर सुरुवात

१ साउन, काठमाडौं । इमर्जिङ टिम्स एसिया कप क्रिकेटमा भारत ए विरुद्ध नेपालले कमजोर सुरुवात गरेको छ ।

दश ओभरको खेल सकिदा नेपालले पाँच विकेट गुमाएर ३७ रन मात्रै बनाएको छ ।

टस जितेर पहिले ब्याटिङ गरेको नेपालका ओपनर कुशल भुर्तेल दोस्रो बलमै आउट भएका थिए ।

मेडन ओभरसहित ओपनिङ गरेका भारतीय बलर हर्सित रानाले भुर्तेललाई एलबीडब्लु आउट गरे ।

नेपालका अर्का ओपनर आसिफ शेख ७ रनमा आउट भए । देव खनाल १५ र भीम सार्की ४ रनमा आउट भए । दशौं आभरमा अर्का ब्याट्सम्यान कुशल मल्ल खाता नखोली आउट भए ।

इमर्जिङ टिम्स एसिया कप
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय