+
+

गीत रिलिजसँगै फिल्म ‘जय हो’ले थाल्यो प्रचार

अनलाइनखबर अनलाइनखबर
२०८० साउन १ गते १६:३०

काठमाडौं । प्रदर्शनको तयारीमा रहेको फिल्म ‘जय हो’को पहिलो गीत सार्वजनिक भएको छ । सोमबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा गीत सार्वजनिक गरिएको हो । कार्यक्रममा कलाकारहरु अर्पण थापा, केकी अधिकारी, सलोन बस्नेतलगायतले गीतबारे चर्चा गरे ।

‘जोमसोमको डाँडैमा हिउँ खेल्न जाने कि’ बोलको उक्त गीतले फिल्ममा पात्रको मनोदशा र सम्बन्ध निर्माणमा भूमिका खेलेको छ । सार्वजनिक गीतमा शम्भुजीत बास्कोटाको शब्द रचना तथा संगीत छ । सुरेश लामा र अस्मिता अधिकारीको स्वर समावेश गीतको भिडियोमा कविराज गहतराजको नृत्य निर्देशन छ ।

गीतमा कलाकारहरु अर्पण, सलोन, केकीसहित निशा अधिकारी र माओत्से गुरुङ फिचर्ड छन् । टेक पौरखी राईको निर्देशन निर्माण भएको फिल्ममा प्रेम पाण्डे,  दीपशाक्य श्रेष्ठ, सुबी मगर, सुमिन गुरुङ, सुशान्त श्रेष्ठ लगायतका कलाकारको पनि अभिनय छ ।

फिल्मका प्रस्तुतकर्ता शोभित बस्नेतले गीत रिलिजसँगै फिल्मको प्रचार अभियान औपचारिक रुपमा सुरु भएको बताए । पछिल्लो समय दर्शकले प्रेमकथा र सम्बन्धका कथावस्तु रुचाइरहेको भन्दै शोभितले यो फिल्मलाई पनि दर्शकले रुचाउने विश्वास व्यक्त गरे ।

सम्राट बस्नेतको द्वन्द्व निर्देशन, कविराज गहतराज र रामजी लमिछानेको कोरियोग्राफी, बनिश शाहको सम्पादन, गौतमराज खड्काको सहसम्पादन, समीर मियाको भीएफएक्स र केबलमान सिंह बस्नेत प्रोडक्सन डिजाइनर रहेको फिल्मलाई मुस्ताङ र कास्कीका रमणीय स्थानमा खिचिएको छ । कमेडी, एक्सन र लभस्टोरीको सम्मिश्रण रहेको फिल्मका निर्माता राजके अधिकारी र सुरज सरकार हुन् । भदौ ८ गतेदेखि प्रदर्शनको तयारीमा रहेको फिल्मलाई सलोन सलिना फिल्म्सको ब्यानरमा निर्माण गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?