+

भारत ए विरुद्ध रोहितले बनाए अर्धशतक

२०८० साउन  १ गते १६:४९ २०८० साउन १ गते १६:४९
भारत ए विरुद्ध रोहितले बनाए अर्धशतक

१ साउन, काठमाडौं । एसीसी इमर्जिङ टिम्स एसिया कपमा नेपाली टिमका कप्तान रोहित पौडेलले भारत ए विरुद्ध अर्धशतक बनाएका छन् ।

कमजोर सुरुवात गरेको नेपालका लागि चौथो नम्बरमा ब्याटिङ गरेका रोहितले इनिङ्स सम्हालेका हुन् । उनले २८औं ओभरमा अर्धशतक प्रहार गरेका थिए । लिस्ट ए क्रिकेटमा रोहितको यो नवौं अर्धशतक हो ।

उनले लिस्ट ए मा १ अर्धतशक र ९ अर्धशतक सहित १ हजार सात सय भन्दा बढी रन बनाइसकेका छन् ।

१० ओभरमै ५ विकेट गुमाएर ३४ रन बनाएको कमजोर अवस्थाबाट रोहित र सोमपाल कामीले छैटौं विकेटका लागि ५३ रनको साझेदारी गरेका थिए ।

सोमपाल १४ रन बनाएर आउट भएपछि अहिले रोहित र गुल्सन झा ले नेपालको इनिङ्स अगाडि बढाइरहेका छन् ।

इमर्जिङ टिम्स एसिया कप रोहितकुमार पौडेल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय