+
+

दाङमा विद्यालयको त्रुटि सच्याउँदा ३३० विद्यार्थीको एसईई नतिजामा सुधार

अनलाइनखबर अनलाइनखबर
२०८० साउन १ गते १७:५४

१ साउन, दाङ । दाङमा एक विद्यालयले एसईई परीक्षाको आन्तरिक मूल्यांकनको नम्बर दिँदा गम्भीर त्रुटि भएको फेला परेको छ ।

घोराहीस्थित पद्मोदय नमूना माध्यामिक विद्यालयले परिक्षामा आन्तरिक मूल्यांकनमा सबै विषयमा एउटै अंक दिएपछि विद्यार्थीले वास्तविक नतिजा प्राप्त गर्न नसकेको कुरा खुलेको हो । विद्यालयले नम्बर दिँदा त्रुटि भएको फेला परेपछि गत शुक्रबार राष्ट्रिय परिक्षा बोर्डले ३३० जना विद्यार्थीको नतिजा सच्चाएको हो ।

गत असारमा एसईईको नतिजा प्रकाशन भएपछि अभिभावकले आन्तरिक मूल्यांकन (प्रयोगात्मक) तर्फ सबै विषयमा विद्यार्थीको बराबर अंक आएको देखेपछि गुनासो गरेका थिए । त्यसपछि शिक्षक अभिभावक संघका अध्यक्ष विश्वराज आचार्य, विद्यालयका प्रधानाध्यापक मोहन अधिकारीसहितको टोली काठमाडौं पुगेका थिए ।

विद्यार्थीको नतिजामा त्रुटि भएको गुनासो आएपछि सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले यसबारे पहल गरेकी  थिइन् ।  त्यसपछि राष्ट्रिय परिक्षा बोर्डले विद्यार्थीहरुले  पाउनुपर्ने वास्तविक नतिजा प्रदान गरेको हो ।

‘एसईईमा नम्बर दिँदा त्रुटि भएको फेला परेपछि हामी गुनासो लिएर राष्ट्रिय परीक्षा बोर्डमा पुगेका थियौं’, अभिभावक संघका अध्यक्ष आचार्यले भने, ‘विद्यालय प्रशासनबाट कमजोरी भएको फेला परेपछि परीक्षा बोर्डले गत शुक्रबार अंक सच्याएर पीडित विद्यार्थीले पाउनुपर्ने वास्तविक दिएको  छ ।’ उनका अनुसार विद्यार्थीले पाउनुपर्ने वास्तविक नतिजा भन्दा डेढदेखि साढे दुई प्रतिशतसम्म तलमाथि परेको थियो ।

विद्यालय प्रशासनले भने नतिजा चढाउने बेला प्राविधिक कारणले नजिता त्रुटि हुन पुगेको भन्दै गल्ती स्वीकारेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?