
१ साउन, दाङ । दाङमा जबरजस्ती करणी गरेको आरोपमा एक युवक पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका- ८ सौडीकुलाका २६ वर्षीय अनिल नेपाली छन् ।
गत बिहीबार १८ वर्षीया किशोरीलाई रोल्पाबाट ललाइ फकाइ ल्याएर आफ्नै घरमा जबरजस्ती करणी गरेको आरोपमा युवकलाइ पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका डीएसपी राजनकुमार गौतमले जानकारी दिए ।
पीडितले दिएको उजुरीको आधारमा नेपालीलाई आइतबारराति पक्राउ गरेर अनुसन्धान अघि बढाइएको डीएपसी गौतमले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4