+
+

विदेश पढ्न जान एक वर्षमा एक लाख १० हजारले लिए अनुमति

अनलाइनखबर अनलाइनखबर
२०८० साउन १ गते १९:२३

१ साउन, काठमाडौं । पछिल्लो एक वर्षको अवधिमा विदेशमा पढ्न जान १ लाख १० हजार २१७ जनाले नेपालको सरकारी निकायबाट अनुमति लिएको पाइएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको वैदेशिक अध्ययन अनुमति (एनओसी) शाखाका अनुसार २०७९ साउन १ गतेदेखि २०८० असार मसान्तसम्म एक लाख १० हजार बढीले एनओसी लिएका हुन् ।

अष्ट्रेलियाका लागि ३३ हजार ९९१ जनाले एनओसी लिएका छन्, जसमध्ये ८ हजार ४५२ जनाको आवेदन रद्द भएको छ । त्यस्तै क्यानडाका लागि २१ हजार ५४४ जनाले, जापानका लागि २१ हजार ६५८ जनाले र संयुक्त अधिराज्य बेलायतका लागि १० हजार ५२७ जनाले एनओसी लिएका छन् ।

दक्षिण कोरियाका लागि तीन हजार ४६ जनाले, युएईका लागि दुई हजार ३८९ जनाले, भारतका लागि दुई हजार १९७ जनाले एनओसी लिएका छन् । नेपालबाट विभिन्न १११ देश जानका लागि विद्यार्थीहरुले एनओसी लिएका शाखाले जनाएको छ । एनओसीका लागि आवेदन दिएकामध्ये १२ हजार २९७ जनाको आवेदन भने रद्ध भएको शाखाले जनाएको छ ।

शाखाले यो वर्षदेखि केही सार्वजनिक विदामा समेत सेवा सञ्चालन गर्दै आएको छ । त्यस्तै ‘टाईम कार्ड’ अनुसार सेवा प्रवाह गरिने भएकोले सेवा लिन आउँदा भीड नियन्त्रण भएको र १५ देखि २० मिनेटमा सेवा लिन सकिने शाखा प्रमुख बासुदेव वस्तीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?