
काठमाडौं । भारतीय रियालिटी शो ‘बिगबोस ओटीटी सिजन-२’ विवाद र झगडाका कारणले पछिल्लो समय हेडलाइन बनिरहेको छ । शोका होस्ट सलमान खानले कार्यक्रमकै क्रममा चुरोट समातेको दृश्य सार्वजनिक भएपछि अहिले यो विषय सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ ।
बिगबोसको इतिहासमा पहिलोपटक शो प्रसारण नहुँदै तस्वीर यसरी सार्वजनिक भएको हो । शो सञ्चालन गरिरहँदा सलमान खानले चुरोट च्यापिरहेको देखिन्छ र केही समयपछि शो प्रसारण भएको देखिएको छ । शोको पछिल्लो एपिसोड ‘विकेन्डका वार’मा सलमान नदेखिएपछि उनले बिगबोस ओटीटी छाडेको हुन सक्ने अनुमान गरिएको छ । साथै, बिगबोसको सिजन १७ मा उनी होस्टको रुपमा नदेखिने गसिप बलिउडमा छ ।
तर इ-टाइम्स टेलिभिजन स्रोतले बताएअनुसार पछिल्लो समय चलिरहेका हल्लाहरु वास्तविकतामा आधारित छैनन् । आगामी सप्ताहन्त सलमान विकेन्डका वारको एपिसोडमा फर्कने टेलिभिजनले जनाएको छ ।
विकेन्डका वारको पछिल्लो एपिसोडलाई कमेडियन कृष्ण अभिषेकले होस्ट गरेका थिए । आइतबारको एपिसोडमा भारती सिंहलाई पनि देखिएको थियो । बिगबोसका १३ सिजन होस्ट गरेका सलमानले पछिल्लो समय बिगबोस ओटीटीलाई होस्ट गरिरहेका छन् । करण जोहरले अघिल्लो सिजन होस्ट गरेका थिए ।
बिगबोस ओटीटी सिजन २ को पछिल्लो एपिसोडबाट एल्भिस यादव र आशिका भाटिया वाइल्ड कार्डको रुपमा प्रतियोगितामा प्रवेश गरेका छन् ।
प्रतिक्रिया 4